Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आजः स्कटल्याण्डमा ६६ फुटबल प्रशंसकको मृत्युदेखि लुना १ अन्तरिक्षमा


    आइतबार, पुष १८ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज २ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

    स्कटल्यान्डमा ६६ फुटबल फ्यानको मृत्यु

    सन् १९७१ को २ जनवरीमा खेल क्षेत्रमा नै एउटा दुःखद घटना भएको थियो । स्कटल्यान्डको ग्लास्गोमा दुई ओटा क्लबबीच आयोजित फुटबल खेलमा भएको झडपमा ६६ जना फुटबल प्रशंसकको मृत्यु हुनुका साथै २०० जना घाईते भएका थिए ।

    रेगानले गभर्नरको सपथ खाएको दिन

    सन् १९६७ को २ जनवरीमा रोनाल्ड रेगानले क्यालिफोर्निया राज्यको गभर्नरको सपथ खाएका थिए । सन् १९८१ मा उनी अमेरिकाको ४० औं राष्ट्रपति बनेका थिए ।

    लुना १ अन्तरिक्षमा

    सन् १९५९ मा सोभियत संघको अन्तरिक्ष यान लुना १ चन्द्रमाको नजिक र सूर्यको कक्षमा पुगेको थियो । लुना १ चन्द्रमानजिक र सूर्यको कक्षमा पुग्ने पहिलो यान हो ।

    नयाँ ग्रह पत्ता लागेको दाबी

    सन् १८६० मा अर्बान ली भेअिरले भुल्कान नामक ग्रह पत्ता लगाएको दाबी गरेका थिए । तर, उनको दाबी हालसम्म पनि पुष्टि हुन सकेको छैन् । वृहत खोजीका बाबजुद सो ग्रह अहिलेसम्म देखिएको छैन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार