बुटवल । खड्गप्रसाद शर्मा ओली नेतृत्वको एमालेमा दुर्गा प्रसाई, कोमल ओली, बालकृष्ण ढुंगेल, प्रभु साहजस्ता विवादित पात्रहरुको हालीमुहाली बढेसँगै इमान्दार नेता कार्यकताले त्यो पार्टीबाट बिद्रोह गर्ने बढिरहेको छ । एमाले बनाउन लामो समयदेखि योगदान गरेका नेताहरुको अपमानको शृंखला बढ्दै जान थालेपछि पाल्पा एमालेका पूर्वजिल्ला अध्यक्ष एवं पूर्वसांसद यादवबहादुर रायमाझी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
शनिबार रायमाझी तानसेनमा पत्रकार सम्मेलन गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमालेमा विधिबिधान भन्दा पनि ओलीको अधिनायकवाद हावी हुँदै जान थालेपछि नेता कार्यकर्ताहरु नेकपा समाजवादीमा प्रवेश गर्ने क्रम बढेको हो । पार्टी प्रवेश कार्यक्रममा रायमाझीले ओलीमा बिधि बिधान भन्दा पनि अधिनायकवादी सोच हावी भएकाले पार्टी छाड्नुपरेको बताएका छन् ।
रायमाझीले एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारिपूर्वक निभाउने बताएका छन् । पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष रहेका रायमाझी तत्कालीन नेकपामा विवाद हुँदा माधव नेपाल–प्रचण्ड पक्षमा थिए । तर, एमाले विभाजनपछि भने उनी एमालेमै रहेका थिए ।
रायमाझीसँगै एमाले जिल्ला कमिटी सदस्यहरु धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, महेश बरालसहितका नेता कार्यकर्ताहरु नेकपा समाजवादीमा प्रवेश गरेका छन् ।
देशभरका एमाले नेता कार्यकर्ताहरुले बिद्रोह गर्ने क्रम जारी रहेको छ । सिन्धुपाल्चोकका एमालेका नेता सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन् । सुनसरीका पूर्वइन्चार्ज धर्म निरौलाले एमालेको अन्यायका बिरुद्ध बिद्रोह गरिसकेका छन् । भानुभक्त जैशी, डा. तारा जोशीपछि आज रायमाझीले एमालेबाट बिद्रोह गरेका छन् । सिन्धुपाल्चोकबाट अरु धेरै नेता कार्यकर्ताहरु एमालेबाट बिद्रोह गर्ने तयारीमा छन् । झापा आन्दोलनका योद्धा नरेश खरेल, सांसद पवित्रा निरौला खरेललाई पनि एमालेले पार्टीबाट अलग नै हुनेगरी अपमान गरेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend