Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बहुपदीयमा फर्किएको माओवादीले मिश्रित निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्दै


    शनिबार, पुष १७ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।नेकपा माओवादी केन्द्रले मिश्रित निर्वाचन प्रणालीवाट पहिलो पटक नयाँ नेतृत्व चयन गर्दैछ ।

    नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ६ दिन देखी जारी महाधिवेसनमा शुक्रवार नयाँ बिद्यान पारित भए लगत्तै मिश्रित निर्वाचन प्रणालीमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हो । 

    स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गरेको बिद्यान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रले आगामी केन्द्रीय समितिमा ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्णसमानुपातिक प्रणालीमार्फत नयाँ नेतृत्व चयन गर्नेछ । 

    माओवादीको नयाँ केन्द्रिय नेतृत्व अब २ सय ९९ सदस्सीय हुनेछ भने जसमा १५ प्रतिशत मनोनित प्रक्रियावाट आउनेछन । यसअघिको १० प्रतिशतलाई बढाएर शुक्रवारवाट मनोनित हुने सदस्यको संख्या ५ प्रतिशत थप गरी १५ पु¥याईएको हो ।

    पुनः बहुपदीय प्रणालीमा फर्केको माओवादीको यस महाधिवेसनले १५ सदस्सीय पदाधिकारी चयन गर्नेछ । जसअनुसार सुरुमा केन्द्रिय समिति चयन हुनेछ भने केन्द्रीय समितिले क्रमशः पोलिट्ब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्ने योजना माओवादीले सार्वजनिक गरेको छ ।

    शुक्रवार पारित नयाँ बिद्यान अनुसार ५० प्रतिशतको पूर्ण समानुपातिकतर्फका लागि युवा, दलित, महिला, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारु, अपांगता भएका ब्यक्ति पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाएको छ । जसमार्फत आजै नेतृत्व चयन गर्नका लागि माओवादी छलफलमा व्यस्त रहेको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार