काठमाडौं । निजामती कर्मचारी संगठन मोरङको जिल्ला भेलाले हरिप्रसाद सुवेदीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । आज भएको जिल्ला भेला तथा पुनर्गठन कार्यक्रमबाट संगठनको नेतृत्व चयन भएको हो ।
संगठनको उपाध्यक्षमा दीपेन्द्र रेग्मी र खिला बोगटी चयन भएका छन् । सचिवमा रविन्द्र कार्की, सहसचिवमा अर्जुन दाहाल, कोषाध्यक्षमा विश्वमणि न्यौपानेलाई चयन गरिएको छ ।
अधिवेशनबाट सदस्यहरुमा नेत्रप्रसाद खतिवडा, ओमप्रकाश यादव, देवराज अधिकारी, यादवदेवी सुवेदी, दीपक घिमिरे, दुर्गा नेपाल, चन्द्रकला भट्टराई, गणेश गुरागाई, पोषण खनाल, हरि कट्टेल, विवेक तिम्सिना र मनोज साह छानिएका छन् ।
अधिवेशनले अमृत गिरी, विन्दु निरौला, रामकाजी कार्की, बिष्णु दुलाल, सन्तोष काफ्ले जानकीप्रसाद अधिकारीलाई केन्द्रीय प्रतिनिधि चयन गरेको छ ।