काठमाडौँ । साउदी र पाकिस्तानबीचको मित्रता कसैबाट लुकेको छैन । आर्थिक संकटमा परेको पाकिस्तानलाई समय समयमा साउदी अरबले ऋण दिएर सहयोग गर्दै आएको छ ।
तर, पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी र पाकिस्तानका लागि साउदी राजदूत नवाफ बिन सइद अल मल्कीबीच हालै भएको भेटका तस्विरहरु चर्चाको विषय बनेका छन् । यो देखेर मानिसहरूले पाकिस्तानले साउदी अरेबियाको अपमान गरेको आरोप लगाएका छन्।
उक्त भेटबाट बाहिरिएको भिडियोमा शाह महमूद कुरैशी साउदी अरेबियाका राजदूततर्फ खुट्टा उचालेर बसेको देखिन्छ । कुरेशीको जुत्ता साउदी राजदूततर्फ अर्कोतर्फ राजदूत अल मल्की उनको अगाडि नम्रतापूर्वक बस्छन्।
पाकिस्तानदेखि साउदी अरबसम्मका मानिसहरूले कुरेशीलाई यसरी बसेको भन्दै आलोचना गरिरहेका छन् । ट्विटरमा यसलाई ‘लज्जास्पद’, ‘अपमानजनक’ र ‘गैर-इस्लामिक’ आचरणको रूपमा वर्णन गरिएको छ।