Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लमजुङमा भूकम्पको धक्का


    शनिबार, पुष १७ २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्प गएको छ ।

    आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका– ८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    जिल्लामा गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पको धक्का महसुस हुँदै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार