Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महानगर प्रहरीको ज्याकेट खरिदमा कमिसनको खेल


    शनिबार, पुष १७ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । भवन निर्माणको ठेक्का समानान्तरलाई दिने क्रममा २० करोड रुपैयाँ घोटाला गरेको काठमाडौं  महानगरपालिकामा ज्याकेट खरिद प्रकरणमा समेत अनियमितता भएको छ ।

    मंसिर अन्तिम साता महानगर प्रहरीका लागि १८६ थान ज्याकेट खरिद गरिएको थियो ।  बढीमा ८ सयदेखि १ हजार रुपैयाँ मूल्य पर्ने ज्याकेट २ हजार १ सय रुपैयाँमा खरिद गरिएको आरोप महानगरका नगर प्रहरी प्रमुख एसपी धनपति सापकोटामाथि लागेको छ । कुन्दन सिंंहको सप्लाई कम्पनीबाट  ज्याकेट खरिद गरिएको थियो । गएको मंसिर २९ गते महानगर दिवस भन्दा सबै नगर प्रहरीलाई ज्याकेट खरिद गर्न निर्देशन दिइएको थियो । महानगर दिवसअघि मंसिर २६ मा वाकथनमा ज्याकेट लगाएर उपस्थित हुनुपर्ने भएकाले नगर प्रहरीले मंसिर २५ मै कुन्दन सप्लायर्सबाट ज्याकेट खरिद गरेका थिए । ज्याकेटको गुणस्तर समेत राम्रो नभएको गुनासो नगर प्रहरीभित्रै उठेको छ । 

     नगर प्रहरीका लागि ज्याकेट खरिद गर्न ३ हजार रुपैयाँ बजेट महानगरले दिएको छ । त्यही बजेटबाट उनीहरुले ज्याकेट खरिद गरेका हुन् । प्रतिज्याकेट १ हजार रुपैयाँभन्दा बढी कमिसन लिएर कुन्दन सप्लायर्सबाटै खरिद गर्न लगाएको आरोप सापकोटामाथि लगाइएको छ ।

    महानगरको ज्याकेटको ठेक्का पाउने कुन्दन सिंह महानगरका प्रमुख प्रशसकीय अधिकृत, जिन्सीका प्रमुख र लेखा अधिकृत जो आए पनि सेटिङ गर्ने सप्लायर्सका रुपमा चिनिन्छन् । उनको अहिले पनि महानगर भवनको ठेक्कामा समानान्तरसँग ७० करोडको सेटिङ गर्ने पूर्व प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसँग सेटिङ छ । ज्ञवाली ७० करोड घोटालामा जोगिनका लागि महानगरबाट सरुवा भएका छन् । 

    कमिसनको खेल छैनः सापकोटा

    1561095773ranbir.jpg

    नगर प्रमुख धनपति सापकोटाले भने–२९ बर्षदेखि महानगरमा जागिर खाएको र आफैंले पनि लाउनु्पर्ने ज्याकेटमा कमिसन खाने कुरा सोच्न पनि सक्दिनँ । गतबर्ष एउटा ब्यक्तिलाई सबैको सल्लाहमा प्रतिज्याकेट २ हजार ५ सयमा सिलाउनेगरी जिम्मा दिइयो, फुली पनि बनायो । नेपालगंज घर भएको त्यो ब्यक्तिलाई मैले मेरै एटीएमबाट निकालेर केही पैसा दिएँ । त्यसपछि उक्त ब्यक्ति बेपत्ता भयो । मोवाइल बन्द छ । मेरो ब्यक्तिगत पैसा लिएर बेपत्ता भएको उक्त ब्यक्तिले ज्याकेट बनाउन नसकेपछि यो बर्ष त जाडोमा नगर प्रहरीका लागि ज्याकेट चाहियो भनेर महानगरका सबैलाई राखेर एकै खालको डिजाइनको ज्याकेट २ हजार १ सयमा बनाउनेगरी दिइएको हो । कपडाको ब्रान्ड एउटै, डिजाइन एउटै हुनुपर्ने भएकाले त्यो एकै ठाउँबाट लिनका लागि भनिएको हो ।

    सापकोटाले भने–सबैको छलफल र सहमतिमा दर घटाउन लगाएर ज्याकेट तयार गर्न दिइएको हो । यसमा एक रुपैयाँ पनि कसैले तलमाथि गरेको छैन । मैले लाउने ज्याकेटको गुणस्तर राम्रो होस् भन्ने त मलाई पनि हुन्छ नि ? ज्याकेटमा कमिसन खाएको कुरा तिनै ब्यक्तिले दिएका हुन्, जसले छलफलमा २१ सयको त सस्तो भयो, २५ सयको खरिद गर्नुपर्छ भन्थे ।    

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार