Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोठ सार्दासार्दै हिउँमा फसे बाबुछोरा, ओडारबाटै वडाध्यक्षलाई फाेन- हेलिकप्टरमार्फत उद्धार गरिदिनुस्


    शनिबार, पुष १७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ताप्लेजुङ । गोठ सार्ने क्रममा हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि हेलिकोप्टरबाहेक अर्को बिकल्प नभएको निष्कर्ष निकालिएको छ ।

    ओडारमा बसेका बाबुछोरा शुक्रबार साँझसम्म ‘हिउँको प्रभाव कम होला र घर फर्कन सकिएला’ भनेर खबर गरेको तर शनिबार बिहान पनि फर्कन नसकिएकाेले हेलिकोप्टरमार्फत उद्धार गरिदिन आग्रह गरेको मिक्वाखोला गाउँपालिका-५ का वडाध्यक्ष डण्डु लामाले जानकारी दिए ।

    उनका अनुसार पापुङको लोदेन खर्कमा अन्दाजी ५० वर्षीय लाक्पाटाँसी शेर्पा र उनका १५ वर्षीय छोरा पासाङ छिरिङ शेर्पा थुनिएका हुन् ।

    लाक्पाटाँसीले शनिबार बिहान फोन गरेर आफूहरु हिउँ छिचोलेर घर फर्कन सक्ने अवस्था नभएकोले हेलिकोप्टर पठाइदिन माग गरेको वडाध्यक्ष लामाले जानकारी दिए । हिमपहिरोले लाक्पाटाँसीका २५ वटा याक पनि बगाएर लगेको बताए ।

    लाक्पाटाँसीले आफूहरु रहेको ओडारको केही माथिसम्मकाे भाग रहेको देखेको र त्यहाँ हेलिकोप्टर बस्न सक्ने जानकारी गराएको बताए । यदि हेलिकोप्टर बस्न सक्ने अवस्था नभए हिउँले थुनिएका बाबु छोराका लागि खाना र न्यानो कपडा झारेर फर्कन सक्ने अवस्था रहेको समेत वडाध्यक्ष लामाले बताए । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार