ललितपुर। ललितपुरबाट युवा काठमाडौं सहर पलायन भएपछि नेकपा एमाले ललितपुरले उपत्यका सम्पर्क कमिटी बनाएको छ । एमाले स्थायी कमिटी सदस्य सुशीला नेपालले दक्षिण ललितपुरमा बसोबास गर्ने बासिन्दाको काठमाडौं उपत्यकामा बाहुल्य भएपछि पार्टीलाई थप मजबुत बनाउन सम्पर्क कमिटी बनाउन जरुरी परेको बताइन् । उनले भनिन्, ‘गाउँका युवा सबैजसो सहरमा छन् । उनीहरुलाई सम्पर्क कमिटीमार्फत संगठित गर्नसके पार्टी थप मजबुत हुन्छ ।’
दक्षिण ललितपुरको महांकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले आफ्नो घर करेसामा सडक पुगेपछि त्यही बाटो हुँदै झिटी बोकेर गाउँपालिकाबाट बसाइँ सर्ने क्रम बढेकाे बताए । उनले भने, ‘यहाँ सहरकाे सबै सुविधा छ, गाउँमै क्याम्पस बोर्डिङ स्कूल छ । तर कोही बस्न मान्दैन ।’
दक्षिण ललितपुरका २५ सय घरमध्ये सबै जसो घरमा पानीको धारा पुगेको, सबै घरमा विजुली बत्ती पुगेको र गाँउपालिकाले सित्तैमा इन्डिक्सन चुह्लाे बाँडेको बताए । उनका अनुसार गाउँमा रोजगारी अवसर र सुविधा सबै भए पनि २५ प्रतिशत सहर पसेका छन् ।
संघीय सासंद नवराज सिलवालले गोटिखेलबाट चापागाँउ सडक राम्रो बनेमा एक घण्टामै आउन सकिने बताए । उनले भने, ‘हामीले यस भेगमा सडक राम्रो बनाउन बाँकी छ । त्यसपछि गोटिखेल क्षेत्रका स्थानीयलाई सहरबाट फर्काउन सकिएला ।’
प्रदेश सासंद चेतनाथ सञ्जेलले लेले चन्दनपुर सडकलाई बहुवर्षीय ठेक्कामा लगाएर सडक निर्माणको तयारी भइरहेको बताए ।
नवराज सञ्जेलले केही वर्षअघि दक्षिण ललितपुर उपत्यका सम्पर्क कमिटी निर्माण गरिएको भए पनि काठमाडौं उपत्यकामा महांकाल गाउँपालिकाका युवाको संख्या दिनदिनै बढ्न थालेपछि सम्पर्क कमिटी जरुरी बनेको तर्क थियो ।
आर के घलानको अध्यक्षता एमाले महांकाल उपत्यका सम्पर्क कमिटी गठन भएकाे हाे । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend