Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तिब्बतसँग सम्बन्धित कार्यक्रममा गएको भन्दै भारतमा सांसदलाई चिनियाँ दूतावासको पत्र


    शुक्रबार, पुष १६ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । तिब्बतसँग जोडिएको एक कार्यक्रममा सहभागी भएको भन्दै भारतस्थित चिनियाँ दूतावासले भारतीय सांसदहरुलाई एक पत्र पठाएको छ । 

    आक्रोशपूर्ण पत्रमा तिब्बतलाई चीनको आफ्नो अविभाज्य अंग बताउँदै तिब्बतको निर्वासित सरकारको एक अवैध संगठन बताइएको जनाइएको छ । 

    यस कार्यक्रममा सहभागी भएका बीजू जनता दलका राज्यसभा सांसद सुजित कुमारले चीनको यस्तो कदमको कडा विरोध गरे । 

    सांसद सुजीत कुमारले भनेका छन्, ‘भारतस्थित चिनियाँ दूतावासबाट पठाइएको यस्तो पत्रको निन्दा आवश्यक छ।’ उनले पूरै विश्व चिनियाँ कम्युनिस्ट पार्टीद्वारा तिब्बतको सांस्कृतिक जनसंहारविरुद्ध उभिन आवश्यक रहेको बताए । 

    २१ डिसेम्बरमा भारतीय सांसदहरुको एक समूह दिल्लीको इंपीरियल होटलमा आयोजित एक डिनर रिसेप्शनमा सहभागी भएका थिए । 

    यस कार्यक्रममा अल पार्टीज इन्डियन पार्लियामेन्ट फोरम फर तिब्बतलाई एक पटक सक्रिय गरेर सुजित कुमारलाई यसको संयोजक बनाइएको थियो । एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार