काठमाडौँ । कोरोना भाइरसको महामारी कायमै रहेकाले पर्याप्त सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले अपिल गरेको छ।
नेपालस्थित संगठनका प्रमुख जोस भ्यान्डेलरले नेपाल सरकारले लकडाउन खुकुलो पारे पनि कोभिड १९ को महामारी टरिनसकेकले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
लकडाउन खुकुलो भएसँगै सर्वसाधारणको क्रियाकलाप बढेको, कार्यालय सञ्चालन भएको भन्दै सबैले सतर्क रहनुपर्ने सुझाइएको हो।
भ्यान्डेलरले मानिसहरूलाई भिडभाडमा नजान, जानै परे दूरी कायम गर्न, मास्क लगाउन र साबुन पानीले हात धुन आग्रह गरेका छन्।
ुलकडाउन हामी सबैको लागि गाह्रो कुरा थियो। घरमै बस्नुपर्यो। साथीभाइलाई भेट्न पाइएन। काममा जना पाइएन। अहिले यो सबै पाइरहेका छौुं उनले भने, ुतर महामारी अझै पनि छ र थप संक्रमित हुन सक्छौं। त्यसैले होसियार हुनु जरुरी छ।ु
साथै ज्वरो, खोकी वा कुनै शंकास्पद लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीलाई देखाउन भनिएको छ। भ्यान्डेलरले भने,भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय हो र अर्को भनेको हामीले यी नियमहरू पलना गर्नु नै हो।ु