Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • पूर्वपश्चिम राजमार्ग अबद्ध गर्ने जनमतका नौ जना पक्राउ


    शुक्रबार, पुष १६ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग सिके राउत नेतृत्वको जनमत पार्टी उपाध्यक्षसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटका चपुरमा प्रहरीले जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहासहित नौ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको हो । जनमत पार्टीले पूर्व घोषित कार्यक्रम अनुसार शुक्रबार पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम राखेको थियो । 

    सिराहाको औरही गाउँपालिकामा किसानको लागि आएको गहुँको बिउ वितरणमा ढिलाइ भएपछि केही स्थानीय किसानले उक्त गहुँ आफ्नो लिएर गएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

    उक्त घटनालाई लिएर जनमत पार्टी विभिन्न ७ बुँदे माग गर्दै आन्दोलनमा उत्रेका छन् । प्रहरीले उक्त घटनामा पक्राउ गरेका किसानलाई छोडे पनि जनमत पार्टीले अन्य माग पनि पुरा हुनुपर्ने भन्दै पुस १५ गतेदेखि अनिश्चतकालको लागि राजमार्ग नै अवरुद्ध गर्ने कार्यक्रम घोषणा गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार