Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभा: गण्डकीका तीन सिटमा चुनाव हुने


    शुक्रबार, पुष १६ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । चार वर्षको कार्यकाल पूरा गरेका तीन सांसदको पद यही फागुनमा रिक्त हुँदैछ । यसअघि दुई सांसदको दुई वर्षीय अवधि सकिएर चुनाव भएको थियो । पहिलो पटक पद सकिने सांसद हुन्, सुरेन्द्र पाण्डे र वृन्दादेवी राना । दुवै जना कांग्रेसबाट निर्वाचित भएका थिए । उनीहरूको ठाउँमा तत्कालीन नेकपाका नेताहरू नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएका थिए ।

    अहिले थप तीन जनाको पदावधि सकिन लागेको हो । गण्डकीबाट रिक्त हुनेमा दुई जना माओवादी र एक जना नेकपा एकीकृत समाजवादीका सांसद छन् । माओवादीबाट दिनानाथ शर्मा खुला कोटाबाट निर्वाचित भएका हुन् भने खीमकुमार विक दलित कोटाका सांसद थिए । 

    शान्तिकुमारी अधिकारी तत्कालीन एमालेको महिला कोटामा निर्वाचित भएकी थिइन् । फागुनमा रिक्त हुने पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ । त्यसका लागि पुस २० गते मनोनयन दर्ता हुने निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

    राष्ट्रियसभाको निर्वाचनका लागि बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । गण्डकीमा २ सय २९ जना मतदाता छन् । ६० सदस्यीय प्रदेशसभामा हाल ५९ जना सांसद छन् । स्थानीय तहका १ सय ७० जना जनप्रतिनिधि छन् । 

    प्रदेश सांसदको मतभार ४८ छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुन्छ । स्थानीय तह कांग्रेसको बहुमत भए पनि प्रदेशसभामा भने एमाले सांसद धेरै छन् । गठबन्धन नयाँ बनेका कारण चुनावी नतिजा पहिलेभन्दा फरक आउने देखिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार