काठमाडौं । सानातिना समस्यामा पनि सामाजिक संजालमा भाइरल हुने र संसदमा बोलिहाल्ने सेलिब्रेटी सांसद गगन थापा वैवाहिक अंगीकृत नागरिकताको सवालमा मौन छन् । विदेशी बुहारीले विवाह गरेको ७ बर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने निर्णय राज्यब्यवस्था समितिले गरिसकेको छ । जसमा नेपाली कांग्रेसले फरकमत राखेको छ ।
नेपाली कांग्रेसले नागरिकता ऐन २०६३ अनुसार नै विवाह गर्नासाथ विदेशी बुहारीले अंगीकृत नागरिकता प्राप्त गर्ने ब्यवस्था कायमै राख्नुपर्ने पक्षमा मत राखेको छ । जनता समाजवादी पार्टीले पनि २०६३ कै ऐन अनुसार नागरिकता दिनुपर्ने पक्षमा मत राखेको छ ।
राप्रपाका अध्यक्ष कमल थापाले समेत वैवाहिक अंगीकृत नागरिकताका सवालमा राज्यब्यवस्था समितिको निर्णयलाई सही ठहर्याउँदै नेपाली कांग्रेसले त्यसमा फरक मत राखेकोमा आश्चर्य प्रकट गरेका छन् । तर पूर्व स्वास्थ्य मन्त्री गगन थापा मौन छन् ।
भारतमा विदेशी बुहारीलाई नागरिकता लिन अति कठिन छ । विवाह गरेको ७ बर्षपछि पनि धेरै प्रक्रिया पार गरेपछि मात्र भारतमा आधार कार्ड दिने गरिन्छ । सोनिया गान्धीलाई स्व. राजीव गान्धीसँग विवाह गरेको ३५ बर्षपछि उनको पार्टीले बहुमत ल्याएर प्रधानमन्त्री हुनलाग्दा भारतीय जनता पार्टीले विदेशी नागरिक भनेर बिरोध गर्यो । त्यसपछि ब्याक भएर उनले मनमोहन सिंहलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारिन् । तर नेपालमा भने विवाह गर्नासाथ नागरिकता दिने प्रचलनमात्र होइन, तिनै महिलाहरु राजनीतिमा सांसद र मन्त्रीसमेत भएका छन् ।
सांसद र मन्त्री नेपालको भएर भारतको पक्षमा बोल्ने गरेको देखिएको छ । पछिल्लो दृष्टान्त सरिता गिरी हुन् । उनी नेपालीसँग विवाह गरेकी भारतीय चेली हुन् । तर लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमि भारतले मिच्दा उनी नेपालको विपक्षमा खडा भइन् । संसद एकढिक्का भएर नेपाली भूभाग समेटिएको नक्सा पारित गर्दा उनी त्यो भूमि नेपालकै होइन भन्ने राष्ट्रघाती कित्तामा देखिइन् ।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend