काठमाडौं । सानातिना समस्यामा पनि सामाजिक संजालमा भाइरल हुने र संसदमा बोलिहाल्ने सेलिब्रेटी सांसद गगन थापा वैवाहिक अंगीकृत नागरिकताको सवालमा मौन छन् । विदेशी बुहारीले विवाह गरेको ७ बर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने निर्णय राज्यब्यवस्था समितिले गरिसकेको छ । जसमा नेपाली कांग्रेसले फरकमत राखेको छ ।
नेपाली कांग्रेसले नागरिकता ऐन २०६३ अनुसार नै विवाह गर्नासाथ विदेशी बुहारीले अंगीकृत नागरिकता प्राप्त गर्ने ब्यवस्था कायमै राख्नुपर्ने पक्षमा मत राखेको छ । जनता समाजवादी पार्टीले पनि २०६३ कै ऐन अनुसार नागरिकता दिनुपर्ने पक्षमा मत राखेको छ ।
राप्रपाका अध्यक्ष कमल थापाले समेत वैवाहिक अंगीकृत नागरिकताका सवालमा राज्यब्यवस्था समितिको निर्णयलाई सही ठहर्याउँदै नेपाली कांग्रेसले त्यसमा फरक मत राखेकोमा आश्चर्य प्रकट गरेका छन् । तर पूर्व स्वास्थ्य मन्त्री गगन थापा मौन छन् ।
भारतमा विदेशी बुहारीलाई नागरिकता लिन अति कठिन छ । विवाह गरेको ७ बर्षपछि पनि धेरै प्रक्रिया पार गरेपछि मात्र भारतमा आधार कार्ड दिने गरिन्छ । सोनिया गान्धीलाई स्व. राजीव गान्धीसँग विवाह गरेको ३५ बर्षपछि उनको पार्टीले बहुमत ल्याएर प्रधानमन्त्री हुनलाग्दा भारतीय जनता पार्टीले विदेशी नागरिक भनेर बिरोध गर्यो । त्यसपछि ब्याक भएर उनले मनमोहन सिंहलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारिन् । तर नेपालमा भने विवाह गर्नासाथ नागरिकता दिने प्रचलनमात्र होइन, तिनै महिलाहरु राजनीतिमा सांसद र मन्त्रीसमेत भएका छन् ।
सांसद र मन्त्री नेपालको भएर भारतको पक्षमा बोल्ने गरेको देखिएको छ । पछिल्लो दृष्टान्त सरिता गिरी हुन् । उनी नेपालीसँग विवाह गरेकी भारतीय चेली हुन् । तर लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमि भारतले मिच्दा उनी नेपालको विपक्षमा खडा भइन् । संसद एकढिक्का भएर नेपाली भूभाग समेटिएको नक्सा पारित गर्दा उनी त्यो भूमि नेपालकै होइन भन्ने राष्ट्रघाती कित्तामा देखिइन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend