Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शितलहरबाट सप्तरीको जनजीवन प्रभावित


    शुक्रबार, पुष १६ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सप्तरी।चिसो हावासँगै बाक्लो हुस्सु तथा शितलहरका कारण मधेसका जिल्लासहित सप्तरीको जनजीवन कष्टकर बनेको छ ।

    बुधबार र बिहीबार वर्षासँगै चिसो हावा चलेका कारण अत्यधिक चिसो बढेको हो । शितलहरसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई घरबाट निस्किन समस्या भएको छ । सार्वजनिक ठाउँ बजार, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राही घटेको छ भने विद्यालय, कलेजमा विद्यार्थीको न्यून रहेको स्थानीय श्रीराम दासले बताए ।

    बाक्लो कुहिरो र शितलहरका कारण सवारीसाधन पनि कम चल्न थालेका छन् । चिसो बढेपछि मजदुरहरूले मजदुरी गर्न निकेको स्थानीय विष्णुपुर गाउँपालिकाकी निर्मला सदाले बताइन् । उनले भनिन्, ‘हामी मजदुरी गरेर खाने मान्छे शितलहरका कारण मजदुरी गर्न नसकेपछि दुई छाक टार्न समस्या भएको छ ।’

    विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोले कठ्याग्रिएर बस्न बाध्य हुनुपरेको स्थानीयको भनाइ रहेको छ ।

    जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीका अध्यक्ष एवं सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्थानीय तह, रेडक्रस सोसाइटी तथा जिल्ला वन कार्यालय सप्तरीसँग समन्वय गरी आवश्यक परेको बेला न्यानो कपडा, दाउरा उपलब्ध गराउने निर्णय भएको बताए ।

    यश सम्बन्धमा प्रदेश नम्बर २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले शितलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठवटै जिल्लाका सिडिओ र सुरक्षा निकायका प्रमुखहरू प्रत्यक्ष सम्पर्कमा रहेको बताए । चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरेको मन्त्री साहको भनाई छ ।

    शितलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार मारमा पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको कुरा बाहिर आए पनि स्थानीय स्तरमा त्यस्तो सुविधा नपाएको स्थानीयको आरोप छ ।न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार