काठमाडौं । नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद् नेपालबीच एकता भएको छ । परिषद्का संयोजक साध्यबहादुर भण्डारीलगायतका नेताहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शुक्रबार स्वागत गरे ।
वाम एकता संवाद कार्यदलले काठमाडौंमा आयोजना गरेको पार्टी एकता कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले चुनावदेखि चुनावको गोलचक्करमा फस्ने पार्टी कम्युनिष्ट नै नहुने दावी गर्दै आफूहरु जनतादेखि जनतासम्म भन्ने अभियानलाई केन्द्रमा राखेर जनजिविकाका सवालहरु बोकेर राजनीति गरिरहेको बताए।
लोकप्रियता हासिल गर्ने नाममा विकृतिले राजनीतिक दलहरुले बाटो छाड्ने गरेको सन्दर्भ उठाउँदै अध्यक्ष नेपालले केपी ओलीले कम्युनिष्ट आन्दोलनलाई विकृतिको ओरालो बाटोमा हिँडाएकाले आफूहरुले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठनको बाटोमा उठाएको बताउँदै सम्पूर्ण वामपन्थी, प्रगतिशील, गणतान्त्रिक र समाजवाद पक्षधर शक्तिहरु गोलबन्द हुने वातावरण बनिरहेको दाबी गरे ।
एक सातामै दुई राजनीतिक दलहरुलाई एकीकृत समाजवादीमा एकीकृत गराएको तथ्यले नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार एकीकृत समाजवादी हुने स्पष्ट भएको बताए। नेपालले अलमलमा रहेका र बाटो विराएकाहरुलाई एकीकृत समाजवादीमा आएर जनताकेन्द्रित काम गर्न आग्रह गरे ।
पार्टी एकता कार्यक्रममा राष्ट्रिय जागरण परिषदका संयोजक भण्डारीले समाजवादी क्रान्ति र जनपक्षीय एजेन्डा एकीकृत समाजवादीले नेतृत्व गर्न सक्ने सम्भावना देखेरै आफूहरुले पार्टी एकता गरेको बताए । वाम एकता तथा सम्वाद कार्यदलका संयोजक तथा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले बृहत् कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने सोच भएकाले साना ठूला कम्युनिष्ट शक्तिहरुलाई गोलबद्ध गर्दै लगिने बताए ।
एकता अभियानमा जोडिएका सम्पूर्णलाई क्षमता तथा सम्भावनाका आधारमा उपयुक्त जिम्मेवारी दिइने कार्यदल सदस्य तथा उपमहासचिव डा.विजय पौडेलले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend