काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाम माईनगरपालिका वडा नं. ९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबे विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
थेबेले कोषाध्यक्षको दस्तखतसमेत किर्ते गरेर बदनियतपूर्ण ढंगले रु.१३,९७,७७७ रकम हिनामिना गरेकाे भन्दै आयोगले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो ।
थेबेले अन्य पदाधिकारीहरूलाई थाहा नदिई बाहिरको ठेकदार तथा स-मिलसँग समुहका गोलिया काठ दिन्छु भनी रकम लिएको र २०७२ सालको हावाहुरीले ढलापडा गोलिया बिक्रीबाट प्राप्त रकम कोषाध्यक्षको चेकमा किर्ते सही गरी रकम निकालेर हिनामिना गरेकाे अनुसन्धानले बताएकाे छ ।