Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भ्रष्टाचार भएको भन्दै दीपक मनाङ्गेले दिए अर्थसमितिबाट राजीनामा


    सोमबार, असार ८ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । गुण्डागर्दीबाट राजनीतिमा प्रवेश गरेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले ‘भ्रष्टाचारका कारण लाज लागेको’ भन्दै गण्डकी प्रदेश सभाको अर्थ तथा विकास दीपक मनाङ्गेले राजीनामा दिएका छन् । अर्थ तथा विकास समितिका सदस्य रहेका दीपक मनाङ्गेले समितिको सदस्यबाट कामप्रति चित्त नवुझेको भनेर राजीनामा दिएका हुन् ।

    उनले समितिको सदस्य भएर पनि केही गर्न नसकेको भन्दै राजीनामा दिएको बताएका छन् । उनले भने, ‘काम नलाग्ने त्यस्तो समितिमा बसेर लाज लाग्यो, जताततै भ्रष्टाचार, काम गर्ने अधिकार छैन, समितिले अनुगमन गर्दैन, समितिले निर्देशन मात्रै दिँदो रहेछ, काम गर्ने निकायलाई केही भन्यो भने काम गर्दैन, देख्दा लाज लागेर आउँछ ।’
    समितिले काम नगर्ने र निर्देशन दिनेमै सीमित भएकाले त्यस्तो ठाउँमा बसेर केही गर्न नसकिने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार