Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अन्य देशको तुलनामा ओमिक्रोनको संक्रमण नेपालमा निकै कम, जोखिम भने कायमै


    शुक्रबार, पुष १६ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण नेपालको अन्य देशको तुलनामा कम रहेको विज्ञहरू बताउँछन् । पश्चिममा देशसहित छिमेकी भारतमा समेत यसको संक्रमण बढिरहेका बेला नेपालमा अहिलेसम्म ओमिक्रोनको संक्रमण निकै कम देखिएको जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले बताए । 

    उनका अनुसार अन्य देशको तुलनामा नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको परीक्षण गर्दा संक्रमण निकै कम देखिइको छ ।

    नेपालमा हालसम्म ओमिक्रोनको संक्रमण देखिएका तीन जनामध्ये दुई जना संक्रमणमुक्त भइसकेका र एक जनामा अझै संक्रमण देखिरहेको उनले बताए । 

    ओमिक्रोन जोखिमयुक्त रहेको संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदी बताउँछन् । डा मरासिनी र डा सुवेदीका अनुसार कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्ति पनि ओमिक्रोनको जोखिममा छन् । 

    अन्य भेरियन्टको तुलनामा ओमिक्रोन निकै संक्रामक रहेको जानकारी दिएका डा सुवेदीले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना र अस्पतालमा उपचारका लागि पूर्वतयारी गरेर बस्नुपर्ने बताए । 

    ओमिक्रोनको संक्रमण नियन्त्रणका लागि पीसीआर र एन्टिजेनको परीक्षणको दायरा बढाउनेदेखि जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने जनस्वास्थ्यविद् मरासिनीले बताए ।  

    भारतसहितका देशमा ओमिक्रोनको संक्रमण बढिरहेकाले नेपालमा पनि यसको संक्रमण दर बढ्न सक्ने डा सुवेदी बताउँछन् । संक्रमण हुनुअघि नै सुरक्षित हुनका लागि सभा समारोह, सामाजिक भिडभाड नगरी दूरी कायम  गरेर आफ्नो काम गर्न उनले सुझाव दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार