काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. प्रेमध्वज लामाले पदबाट राजीनामा दिएका छन् । त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा लामाले शुक्रबार राजीनामा दिएका छन् ।
नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिमा उम्मेदवारी दिनुअघि उनले त्रिविको सेवाबाट राजीनामा दिएका हुन् । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन यही पुस २७ मा हुँदैछ । अधिवेशनमा लामाले सभापति पदमा उम्मेदवारी दिंदैछन् । उनलाई संस्थापन पक्षले सभापतिका रुपमा अगाडि सारेको छ ।
त्रिविमा प्राध्यापनरत लामा प्रजातन्त्रवादी प्राध्यापकका रुपमा नेपाली कांग्रेसप्रति आस्था राख्दैआएका थिए । तर कार्यकारी पदमा उम्मेदवारी दिने भएपछि नैतिक रुपमा पनि पदमा बस्न्ु उचित नलागेकाले राजीनामा दिएको लामाले बताएका छन् ।