Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारी लाभ पाउन आफ्नै बहिनीसँग विवाह !


    शुक्रबार, पुष १६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । भारतकाे उत्तर प्रदेशका एक व्यक्तिले आफ्नै बहिनीसँग विवाह गरेका छन् । मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रमबाट पैसासहित अन्य सुविधा पाउन फिरोजबादका एक व्यक्तिले बहिनीसँग विवाह गरेको खुलासा भएको हाे ।

    सामाजिक कल्याण विभागअन्तर्गत सामूहिक विवाह गर्ने हरेक जोडीलाई राज्य सरकारले ३५ हजार रकम र घरपरिवारका अन्य उपहार प्रदान गर्छ ।
    कार्यक्रमअन्तर्गत सरकारले २० हजार भारु बेहुलाको बैंक अकाउन्टमा डिपोजिट गरिदिन्छ र १० हजार भारुबराबरको उपहार दिइन्छ । 

    सो विवाह ११ डिसेम्बरमा फिरोजबादको टुंड्ला गाउँमा भएको थियो । केही दिनपछि गाउँलेले विवाह गर्ने जोडी सहोदर दाजु र बहिनी भएको पत्ता लगाएका थिए ।

    एउटा सरकारी कार्यलयको परिसरमा आयोजना गरिएको सो विवाहमा ५१ जोडी बन्धनमा बाँधिएका थिए । गैरकानुनी ढंगले अनुचित लाभ लिने उदेश्यले विवाह गर्ने जोडीविरुद्ध मुद्दा दायर भएको छ । यसैबीच बेहुला बन्ने व्यक्तिको आधार कार्डबारे छानविन सुरु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार