Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तराईमा बाक्लाे हुस्सु, कुन विमानस्थलको भिजिबिलिटी कति ?


    शुक्रबार, पुष १६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र तराईका विमानस्थलमा भिजिबिलिटी निकै घटेको छ । भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान बिहानैदेखि डप्प छन् ।

    त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरमा झरेको थियो । अहिले भिजिबिलिटी केही बढे पनि अझै उडान सूचारु हुन सकेको छैन ।

    विमानस्थल कार्यालयका अनुसार सामान्यतयाः उडान र  अवतरणका लागि भिजिबिलिटी ३ हजार मिटर चाहिन्छ ।

    तर, काठमाडौं मात्र होइन तराईका विमानस्थलको भिजिबिलिटी पनि निकै घटेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार सिमरा  र भैरहवा विमानस्थलमा भिजिबिलिटी १०० मिटरम झरेको छ । त्यस्तै, धनगढी र नेपालगन्ज विमानस्थलमा ५ सय मिटर मात्र भिजिबिलिटी छ । विराटनगरमा ६ सय मिटर र जनकपुरमा ८ सय मिटर मात्र भिजिबिलिटी रहेको महाशाखाको तथ्यांक छ ।

    यद्यपि, दिउँसो भने कुहिरो र हुस्सु हट्दै जाने आँकलन गरिएको छ ।

    tarai.PNG.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार