Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युक्रेनमा आक्रमणको त्रासबीच बाइडेनले पुटिनलाई दिए कडा प्रतिक्रियाको चेतावनी


    शुक्रबार, पुष १६ २०७८
    3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जो बाइडनलाई एउटा चेतावनी दिँदै युक्रेनसँग जोडेर नयाँ प्रतिबन्धहरू लगाइए पूर्ण रूपमा सम्बन्ध टुट्न सक्ने बताएका छन्।

    बिहीवार अबेर अमेरिकी राष्ट्रपतिसँग भएको टेलिफोन वार्तामा पुटिनले त्यस्ता प्रतिबन्धहरू ‘ठूलो भुल’ हुने बताएका हुन्। बाइडनले चाहिँ युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिका र उसका साझेदारले डटेर जबाफ दिने बताएका थिए।

    रुसको आग्रहमा भएको त्यस्तो संवाद एक महिनामै दुई राष्ट्रपतिबिच भएको दोस्रो हो। उनीहरू बीचको कुराकानी झन्डै एक घण्टा चलेको थियो। बाइडनले राष्ट्रपति पुटिनलाई कूटनीतिक समाधान खोज्न भनेको बताइएको छ।

    युक्रेनी अधिकारीहरूले रुससँगको पूर्वी सीमानजिक एक लाखभन्दा धेरै रुसी फौज तैनाथ भएको बताइरहँदा तनाव मत्थर पार्ने पछिल्ला प्रयास भएका हुन्।

    अमेरिकाले पुटिनलाई यदि युक्रेनमाथि हमला गरिए ‘यसअघि कसैले नदेखे जस्तो’ प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

    सीमानजिक उच्च सैनिक तैनाथीले पश्चिमी विश्वमा चासो बढाएको छ। दुई राष्ट्रपतिबीचको कुराकानी झण्डै एक घण्टा चलेको थियो। तर, मस्कोले हमलाको योजना नरहेको बताउँदै ती फौजहरू अभ्यासका क्रममा त्यहाँ रहेको जनाएको छ।

    उसले रुसी सीमाभित्र सैनिकहरू स्वतन्त्र रूपले सर्न पाउनु आफ्नो अधिकार रहेको बताएको छ। रुसले पश्चिमा विश्वबाट उसले भन्ने गरेको सुरक्षा सुनिश्चितताको माग गरेको छ। बिबिसी नेपाली 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार