Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी महाधिवेशन: आज प्रतिवेदनमाथि उठेका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिने


    शुक्रबार, पुष १६ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । 

    यसअघि बिहीबार प्रचण्डको प्रतिवेदनमाथि २४ वटा समूह बनाएर छलफल गर्ने र समूह नेताहरूले छलफलको निष्कर्ष सुनाउने कार्य सकिएको थियो । छलफलका लागि शुरुमा २५ वटा समूह बनाइएको थियो । 

    प्रज्ञा भवनमा जारी बन्दसत्रमा बुधबार ११ र बिहीबार १३ वटा समूहका नेताले आआफ्नो समूहको निष्कर्ष सुनाएका थिए ।

    यस्तै, आजकै बैठकमा नेता राम कार्कीले ‘केही पूरक, केही नवीन धारणाहरू’ शीर्षकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि राखेको पूरक मतमाथि छलफल हुने भएको छ ।

    अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेस गर्ने कार्यक्रम समेत रहेको माओवादी केन्द्रले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार