Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इंग्लिस प्रिमियर लिग: रोनाल्डोको गोल, युनाइटेडको सहज जित


    शुक्रबार, पुष १६ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि सहज जित निकालेकाे छ । युनाइटेड बर्नलीलाई ३-१ गाेल अन्तरले हराउदै शीर्ष ६ मा उक्लिएको हाे ।

    स्कट एमसी टोमिनीले ८औँ मिनेटमा पहिलो गोल गरे । २७औँ  बेन मीले आत्मघाती गोल गर्दा युनाइटेडले २-० को अग्रता बनायो । 

    रोनाल्डोले ३५औँ मिनेटमा घरेलु मैदानमा टिमका लागि तेस्रो गोल गरे। ३८औँ मिनेटमा आरोन लेनोनको गोल गरे पनि बर्नलीले हार टार्न सकेन । 

     युनाइटेड १८ खेलबाट ३१ अंकका साथ छैटौँ स्थानमा रहँदा एक खेल कम खेलेको टोटनह्यमको ३० अंक रहेको छ । 

    कोभिडका कारण एभर्टन र न्युक्यासलबीच तय  खेल भने स्थगित भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार