Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रियसभा उपनिर्वाचन: नेकपा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा


    शुक्रबार, पुष १६ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पदावधि सकिन लागेका राष्ट्रिय सभा सदस्यमध्ये आठ जना नेकपा एमालेकै रहेका छन् । चार वर्ष कार्यकाल पूरा गरेका एक मनोनितसहित २० जना राष्ट्रिय सभा सदस्यको आगामी फागुन २० गते पदावधि सकिनेछ ।

    पदावधि सकिनेमा सबैभन्दा बढी सदस्य प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकै रहेका छन् । कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रियसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । सोहीअनुसार निर्वाचन आयोगले आगामी माघ १२ गते राष्ट्रियसभाको उपनिर्वाचन तय गरेको छ ।

    सो उपनिर्वाचनमा सत्ताका सहयात्री दलहरूबीच गठबन्धन बनाएर जाने निर्णय गरेपछि नेकपा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिन्छ । त्यसले गर्दा उपनिर्वाचनमा भने एमालेले पराजय व्यहोर्नुपर्ने बलियो सम्भावना छ ।

    राष्ट्रिय सभाका उपनिर्वाचनमा प्रदेश सभा सदस्य ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४ सय ९३ गरी जम्मा २०२५ जना मतदाता रहेका छन् ।

    ७ सय ५३ स्थानीय तहमध्ये २ महानगर, ७ उपमहानगरसहित १ सय २३ नगरमा प्रमुख र १ महानगर, ७ उपमहानगरसहित १ सय ३७ नगर उपप्रमुख पदमा एमालेका जनप्रतिनिधि विजयी भएका थिए । यसै गरी १ सय ७१ गाउँपालिका प्रमुख र १ सय ९४ गाउँपालिका उपप्रमुख पनि एमालेले जितेको थियो। यस आधारमा एमालेका जनप्रतिनिधिबाट राष्ट्रियसभा निर्वाचनमा ६ सय २५ जनाले मतदान गर्नेछन् । नेपाल समाचारपत्र दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार