Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णाली प्रदेश अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण


    सोमबार, असार ८ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरु एकपछि अर्को संक्रमित हुन थालेका छन् । पछिल्लो पटक कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालको ल्याब र एक्सरे विभागमा कार्यरत कर्मचारीलाई कोरोनाको संक्रमण देखिएको हो ।

    प्रदेश अस्पतालको आकस्मिक कक्षमा जेठ ३१ मा उपचारार्थ आएका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीसहितका ४५ जनालाई क्वारेन्टिनमा राखिएको थियो ।

    क्वारेन्टिनमा राखिएका सबैको स्वाब परीक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको छ । नेगेटिभ रिपोर्ट आएकाहरु घर फर्किएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार