काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी महाधिवेशनमा आफूले पेस गरेको राजनीतिक दस्तावेजमाथि सवैको समर्थन रहेको बताएका छन् ।
बिहीबार बन्दसत्रबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले दस्तावेजमाथि सवै समूहको आमरुपमा समर्थन रहेको बताएका हुन् ।
उनलाई काउन्टर दिने गरि नेताहरु राम कार्की र लेखनाथ न्यौपानेले फरक मत पेस गरेको छन् । तर प्रचण्डले फरक मत विवाद हुने खालको नभएको बताए ।
‘फरक मत भनेर त्यस्तो विवाद हुने खालको एउटा पनि छैन । तपाईंहरु कोही भ्रममा नपर्नुहोला। दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै सबैले धारणा राख्नुभएको छ’ प्रचण्डले भने ।
दस्ताबेज नभएको भन्दा पनि सुधारको सुझाव आएको उनको दाबी छ ।
‘दस्तावेजप्रति सबै समूहको आमरुपमा समर्थन छ । त्यसलाई परिमार्जन गर्न मिहिनेत गरेर ग्रुपले यहाँ यहाँ सुर्धानुर्पछ, यहाँ पुग्या छैन भनेर भन्ने कुरा पनि गर्नुभएको छ। दस्तावेजको मूल स्पिरिटप्रति सबैको समर्थन छ ।’
विभिन्न २५ समूह बनाएर गरिएको छलफलका क्रममा नेताहरुको सम्पत्ति छानविन, नेता व्यवस्थापन, राजनीतिक दलहरुमाथिको दृष्टिकोण लगायतमा नेताहरुले प्रश्न राखेका थिए । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend