Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिउँमा रमाउँदै पर्यटक (फोटोफिचर)


    बिहिबार, पुष १५ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • तेह्रथुम । हिउँले ढाकेको सेतै डाँडाहरु । सेताम्यै बनेको पाखापखेराहरुमा पर्यटक हिउँसँगै रमाइरहेका छन् । पूर्वी नेपालको टिएमजे (तीनजुरे,मिल्के र जलजले) को फेदीमा रहेको तीनजुरेको काखसँगै चित्रे डाँडामा पर्यटकहरु हिउँमा रमाए। 

    मंगलबार र बुधबार पानी परेसँगै हिउँ परेपछि उक्त क्षेत्रमा हिउँ खेल्नेको घुँइचो लागेको हो । हिउँ खेल्नकै लागी भनेर पूर्वी तराईका बिभिन्न जिल्लाहरुबाट सयौंको संख्यामा पर्यटक साना तथा ठूला सवारी साधान रिर्जभ गरी पुगेका हुन् । 
    वनैभरी पर्यटकहरु हिउँमा रम्दै फोटो र भिडियो खिच्न व्यस्त बनेका थिए । 

    पर्यटकीय गन्तब्यको रुपमा चिनिएको तीनजुरे मिल्के जलजले क्षेत्रको प्रबेशद्वारको रुपमा रहेको बसन्तपुर बजार नजिकै रहेको चित्रे डाँडा,पाथिभरा, घुर्बिसे, गुफापोखरी लगायतका स्थानहरुमा यतिबेला पर्यटकहरु रमाइरहेका छन् ।

    खासगरी जाडो याममा हिउँ खेल्न यहाँ पूर्वी तराईका विभिन्न जिल्लाहरुबाट पर्यटकहरु आउने गरेका छन् । हिउँ परेको सुनेपछि परिवार र साथीहरु सँग मिलेर हिउँ खेल्न धरान देखि आएको अन्जु गुरुङले बताइन् । ‘धरानमा हल्का पानी परेको थियो, अनि यहाँ हिउँ परेको कुरा थाहा पाएपछि हामी हिउँ खेल्नकै लागी आएका हौं । सोचेको भन्दा छुट्टै अनुभव लिन पायौं रमाइलो भयो’ उनले भनिन् । 

    मंसिर अन्तिम सातादेखि फागुनको पहिलो साता सम्म हिउँ पर्ने सिजन भएपनि यसवर्ष भने बाक्लो हिउँ पहिलो पटक परेको स्थानीयको भनाइ छ । सेताम्यै हिमाल जस्तै डाडाँहरुमा रमाउँदा जीवनमै खुशी महसुश भएको हिउँ खेल्नका लागी भनेर धनकुटा देखि चित्रेसम्म पुगेकी आन्तरिक पर्यटक ईन्दिरा लिम्बुले बताइन् ।

    जीवनकै पहिलो पटक हिउँ खेल्न पाउँदा एकदमै खुशी भएको र फोटोमा र भिडियोमा हेरे भन्दा कैयौं फरक अनुभुति पाएको लिम्बुले बताइन् ।  धनकुटाको चित्रे डाडाँदेखि तेह्रथुम र संखुवासभा जिल्लाको संगमस्थल तीनजुरे क्षेत्रमा हिउँ परेको छ । यहाँका गुफापोखरी, चौकी, मंगलबारे लगायतका स्थानहरुमा हिउँले ढाकेको छ । यसवर्ष पुसको दोश्रो सातामा नै हिउँ परेकोले पर्यटक आगमनमा खासै समस्या नभएको यहाँका स्थानीयहरुले बताउने गरेका छन् । 

    कोरोना भाइरसका कारण पर्यटक व्यावसाय सुस्ताए पनि बिस्तारै पर्यटन व्यावसाय फस्टाउन सुरु भएको छ । गुराँसको राजधानी तीनजुरे मिल्ले जलजलले क्षेत्र पर्यटकहरुको मुख्य रोजाइमा पर्दै आएको गन्तव्य हो । हिउँसँगै गुराँस फुल्ने सिजन सुरु हुन लागेको पनी पर्यटकहरुको चहलपहल यस क्षेत्रमा बाक्लिन थालेको छ । सडकमा बाक्लो हिउँ जमेका कारण बिहीबार दिनभर सवारी साधान सञ्चालनमा समेत समस्या भएको थियो ।  

    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार