बुटवल । नेकपा एमाले रुपन्देहीको नेतृत्वका लागि सात जनाले दाबी प्रस्तुत गरेका छन् । जिल्ला अधिवेशन नजिकिँदै गर्दा नेतृत्वका लागि आकांक्षीहरूले आन्तरिक छलफल र भेटघाटलाई तीव्र बनाएका छन् ।
केन्द्रीय नेताहरूको प्रभाव रहेको रुपन्देहीमा नेतृत्व हात पार्न आकांक्षीहरू नेताहरूसँग लबिङसमेत थालेका छन् । रुपन्देही एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र स्थायी समिति सदस्य घनश्याम भुसालको गृहजिल्ला हो ।
एमालेको जिल्ला अधिवेशन यही पुस २३ गते हुँदैछ । त्यसअघि पुस १७ गते अधिवेशनका लागि प्रतिनिधि छनोट गरिने एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदी पार्टीको केन्द्रीय सदस्य मनोनीत भएपछि उनी दोहोरिने सम्भावना लगभग अन्त्य भएको छ ।
हाल जिल्ला कमिटीका उपाध्यक्ष रहेका पुरुषोत्तम घिमिरे आफू स्वाभाविक दाबेदार रहेको तर्क गर्छन् । ‘उपाध्यक्ष भएको हिसाबले अध्यक्षका लागि म स्वाभाविक दाबेदार हो, साथीहरूको सहयोग पाएमा एक कार्यकाल पार्टीलाई बलियो नेतृत्व दिन तयार छु,’ उनले भने । उनी घनश्याम भुसालका विश्वासपात्र मानिन्छन् ।
यसअघि माधव नेपाल समूहमा रहेका उनी पार्टी विवादका बेला तटस्थ बसेका थिए । माधव नेपाल समूह पार्टीबाट अलग भए पनि उनी एमालेमै बसेका हुन् । एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले घिमिरेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेको उनी निकट एक कार्यकर्ताले बताए ।
त्यस्तै एमाले जिल्ला कार्यालय सदस्य रहेको तेजेन्द्र केसी नेतृत्वका लागि अर्का बलिया दाबेदार हुन् । केसीले एमाले र माओवादी एकतापछि बनेको नेकपामा जिल्ला कमिटीको सहसंयोजकको भूमिका पाएका थिए । ‘पार्टी एकीकरण हुँदा सहसंयोजकको भूमिका कुशलतापूवर्क निर्वाह गरेकाले मेरो दाबेदारी स्वाभाविक हो,’ उनले भने ।
त्यस्तै एमाले रुपन्देहीका उपसचिव रहेका गोपाल राना पनि अध्यक्षका आकांक्षी हुन् । यसअघि बुटवल उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार बन्ने आकाङ्क्षा राखेका उनी शिवराज सुवेदीले टिकट पाएसँगै उनीपछि हट्न बाध्य भएका थिए । यद्यपि अबको निर्वाचनमा उपमहानगर प्रमुखको उम्मेदवारी बनाएमा भने उनी नेतृत्वबाट पछि हट्न सक्ने आकलन गरिएको छ ।
त्यसैगरी तिलोत्तमा नगरपालिकाका प्रमुख रहेका वासुदेव घिमिरेले पनि जिल्ला अध्यक्षका लागि आकाङ्क्षा देखाएका छन् । तिलोत्तमा नगरपालिकालाई विकासमा नमुना बनाएको भनेर चर्चामा आएका घिमिरे पनि बलिया प्रतिस्पर्धी हुन् ।
त्यसैगरी एमाले जिल्ला सचिवालय सदस्य हितराज पन्थी, नेता बलबहादुर आचार्य र यज्ञ गैरे पनि अध्यक्षका आकांक्षी हुन् । पार्टी नेतृत्वले भने सकेसम्म जिल्ला नेतृत्व सर्वसम्मत टुंग्याउने गरी गृहकार्य गरिरहेको बताइएको छ ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend