Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एन्फाको आगामी बैठकमा प्रस्तुत हुने यी हुन् १९ एजेन्डा


    बिहिबार, पुष १५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । २२ पुसमा बस्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकमा १९ एजेन्डामा छलफल हुने भएको छ । 

    ६ केन्द्रीय सदस्यले बैठकको लागि लिखित माग गरेपछि एन्फाले बैठक बस्ने निर्णय गर्दै आज (बिहीबार) सदस्यहरूलाई एजेन्डा पठाएको एन्फा स्रोतले  न्युज कारखानालाई बतायो ।

    एन्फाले सदस्यहरूलाई बिहीबार पठाएको एजेन्डामा उल्लेख भएका १९ बुँदाहरू यस्ता छन्:

    १) नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूलाई पुरस्कृत गर्ने सम्बन्धमा ।
    २) राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल सञ्चालन गर्ने सम्बन्धमा । 
    ३) सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लीग प्रतियोगिता सम्बन्धमा । 
    ४) महिला राष्ट्रिय लिग सम्बन्धमा । 
    ५) विभिन्न समिति तथा उपसमितिहरूको गठन तथा पुनर्गठन सम्बन्धमा । 
    ६) आर्थिक तथा कर्मचारी नियमावली संशोधन सम्बन्धमा । 
    ७) राष्ट्रिय टिम विदेश भ्रमणमा जाँदाको पेस्की सम्बन्धमा र खेलाडीहरू तथा टिममा सहभागी प्रशिक्षक
    एवं अफिशियलहरूको सेवा सुविधा सम्बन्धमा । 
    ८) फिफाद्वारा प्रदान गरिएका आर्थिक निर्देशन तथा अनुसन्धानको सुझावहरू पालना गर्ने सम्बन्धमा । 
    ९) विभिन्न निर्माण कार्यहरूबाट बाँकी रकम सदुपयोग गर्ने तथा फिँजियो थेरापीको समान खरिद गर्ने
    सम्बन्धमा । 
    १०) एन.एस.एल.को सम्झौता सम्बन्धमा । 
    ११) जिल्ला, प्रदेश, एन्फा प्रेसिडेन्ट कप तथा राष्ट्रिय लिग सम्बन्धमा । 
    १२) जिल्ला तथा प्रदेश फुटबल संघ लगायत अन्य सदस्य संघहरू (खेलाडी, रेफ्री, प्रशिक्षक तथा
    महिला)को निर्वाचन तथा साधारण सभा (कांग्रेस) बैठक सम्बन्धमा । 
    १३) संघको नियमित साधारण सभा (एन्फा कांग्रेस) बैठक सम्बन्धमा । 
    १४) निर्वाचन निर्देशिका सम्बन्धमा । 
    १५) आर्थिक सहयोग तथा औषधि उपचार खर्च सम्बन्धमा ।
    १६)  संघले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, प्रतियोगिता लगायत प्रशिक्षणमा लिने शुल्क सम्बन्धमा ।
    १७) संघको विभिन्न कार्यक्रम तथा प्रतियोगिता, सभा, बैठकहरूमा प्रतिनिधित्व गर्दै सहभागी हुने खेलाडी, पदाधिकारी, प्राविधिक, कर्मचारी तथा प्रतिनिधिहरूको दैनिक तथा भ्रमण भत्ता परिमार्जन गर्ने सम्बन्धमा ।
    १८) वार्षिक कार्यक्रम तथा बजेट सम्बन्धमा ।
    १९) विविध ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार