Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • राष्ट्रिय भारोत्तोलन यसै महिना


    बिहिबार, पुष १५ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल भारोत्तोलन संघको आयोजनामा २४औं पुरुष तथा ९औं महिला राष्ट्रिय भारात्तोलन प्रतियोगिता पुस २७ गतेदेखि हुने भएको छ ।

    प्रतियोगिता तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफसहित विभिन्न २० जिल्लाका गरी जम्मा २३ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब २ सय खेलाडी सहभागी हुने छन् ।

    जुनियर/सिनियर तथा यूथ पुरुष/महिलातर्फ विभिन्न ४० तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । सहभागी टोलीको खाना, बसोबास र यातायात खर्च आयोजक संघले बेहोर्ने छ । तीन दिने प्रतियोगिताका खेलहरू मध्यपुर थिमी नगरपालिकाको थिमी बैंक्युटमा हुने छ ।

    अध्यक्ष श्रेष्ठले कोभिड–१९ का कारण लामो समयदेखि हुन नसकेको प्रतियोगितालाई सम्बन्धित सबैको साथ र सहयोगले सफल हुने विश्वास व्यक्त गरे ।

    मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रलाई अगाडि बढाउन हरदम सहयोग गरिरहेको स्मरण गर्दै प्रतियोगितामा पनि नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

    नेपाल ओलम्पिक कमिटीका अध्यक्ष चतुरानन्दराज वैद्यले प्रतियोगिता सफलताका लागि शुभकामना दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार