Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २४१ जना कोरोना संक्रमित थपिंदा २२८ जना संक्रमणमुक्त


    बिहिबार, पुष १५ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

    ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ जना र २ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा मृत्‍यु शून्‍य भएको छ भने २२८ जना संक्रमणमुक्त भएका छन् ।

    बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ३९८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ भने ८ लाख ११ हजार ७४६ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ जना रहेका छन् । जसमध्ये ४ हजार ६३४ जना होम आइसोलेसनमा रहेका छन् भने २३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८३ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार