Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पालिकाकै कारण विद्यालय शिक्षकविहीन भएकाे आराेप, अध्यक्ष भन्छन्-अनावश्यक राजनीति गरियो


    बिहिबार, पुष १५ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • अर्घाखाँची । एक महिनादेखि स्थानीय विद्यालय शिक्षकविहीन भएको भन्दै अर्घाखाँची मालारानी गाउँपालिका-१ का अभिभावकहरूले प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् । मालारानी गाउँपालिका-९ गोखुङ्गा, कालुकादीपस्थित महादेव आधारभुत विद्यालय एक महिनादेखि शिक्षकविहीन बनेकाे र तत्काल शिक्षककाे व्यवस्थापन गर्न स्थानीय दलका प्रतिनिधिसहित विद्यालय व्यवस्थापन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष हारगुहार गरेका हुन् । 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर विकसहितका सदस्यहरूले विद्यालयको लेटरप्याडमै निवेदन लेखेर प्रजिअलाई शिक्षक खोजिदिन अनुरोध गरेका हुन् ।

    एउटा मात्रै दरबन्दी भएको र विद्यालयले आवश्यक प्रक्रिया पूरा गरी नियुक्त गरेका शिक्षकलाई विद्यालय व्यवस्थापन समितिको सहमतिविनै हाजिर भएको ४५ दिनभित्रै अन्यत्र सरुवा गरी पालिकाले विद्यालयलाई शिक्षकविहीन बनाएकाे माओवादी केन्द्रका पालिका अध्यक्ष एवं स्थानीय अगुवा पदम क्षेत्रीले आराेप लगाए ।  १२ पुसमा प्रजिअलाई शिक्षक खोजिदिन आग्रह गरेको र १३ पुसमा पालिकामा डेलिगेसन गए सुनुवाई नभएको क्षेत्रीले बताए । ‘शिक्षक सरुवा‍‍ हुन दुई पक्षको सहमति चाहिन्थ्यो तर दुई पक्षको सहमतिविना पालिकाले जबर्जस्ती सरुवा गरेको छ, ‘ क्षेत्रीले भने ।

    तर, क्षेत्रीको आरोप पालिका अध्यक्ष बालकृष्ण आचार्यले सिधैँ इकार गरेका छन् । ‘राजनीतिक आस्थाका आधारमा खेल्न खोज्दा साथीहरूले विवेक पुर्‍याउनु भएन ।’ न्यूज कारखानासँग अध्यक्ष आचार्यले भने, ‘पालिका भित्रको शैक्षिक गुणस्तर कायम गर्न हामी प्रतिबद्ध छौं । आज सार्वजनिक बिदा भैहाल्यो भोलि दुवै विद्यालयमा शिक्षक हाजिर हुनुहुनेछ ।’ उनले स्थानीयलाई भ्रममा पार्न खाेजेकाे बताए ।  ‘शिक्षा जस्तो पवित्र क्षेत्रमा राजनीति नगरिनुपर्थ्याे ,’ आचार्यले भने  ‘दुवै विद्यालय पुगेर सबैकाे सहमतिमा शिक्षक हाजिर गर्ने र शैक्षिक गतिविधि बढाउने गरी सहमति गरिसकेका छौं ।’

     

    school.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार