Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चीनमा ३८ दिनको शिशुलाई कोभिड, हटस्पट बन्यो सियान सहर


    बिहिबार, पुष १५ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । चीनमा ३८ दिनको एक शिशुलाई पनि कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्लो समय कोभिडको मुख्य केन्द्रबिन्दु बनेको देशको उत्तरपश्चिम क्षेत्रस्थित सियान सहरका शिशुलाई संक्रमण भएको हो । 

    पछिल्लो २४ घन्टामा सियानमा एकैदिन १७५ जनामा कोभिड देखिएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सियान सहरमा संक्रमित हुनेहरुमध्ये ३८ दिनका शिशु सबैभन्दा कम उमेरका हुन् । त्यस्तै, ८५ वर्षीय एक बृद्धा पनि संक्रमित भएका छन् ।

    सियानमा लगातार तेस्रो दिन एक सय भन्दाबढी संक्रमित भेटिएका छन् । संक्रमण बढेसँगै सियान सहरमा यात्रा प्रतिबन्ध लगाइएको छ भने कोभिड परीक्षण तीव्र पारिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार