Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २७ पुसदेखि राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने


    बिहिबार, पुष १५ २०७८
    575
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भक्तपुर । भक्तपुरमा  राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना हुने भएको छ ।  पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार २७, २८ र २९ गते २४औं पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुनेछ । 

    नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले युथ, जुनियर र सिनियरप्रतियोगिता मध्यपुर थिमिस्थित थिमी बैंक्वेटको हलमा सञ्चालन हुने बताए ।

    प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष ५५, ६१, ६७, ७३ ८१, ८९, ९६, १०२, १०९, १०९ केजी, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९३, १०२, १०२ केजी तौल समूह सहभागी  हुनेछन् । 

    त्यसैगरी जुनियर तथा सिनियर महिला ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७, ८७ केजी युथ महिलातर्फ ४०, ४५ ४९,५५, ५९, ६४, ७१,७६,८१, ८१ केजी तौल समूह सहभागी हुने अध्यक्ष श्रेष्ठले बताए । 

    प्रतियोगितामा झापा, उदयपुर, मोरङ्ग, सप्तरी, सिरहा, महोत्तरी, धनुषा, बारा, पर्सा, चितवन, कास्की, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, भक्तपुर, ललितपुर, काठमाडौंका टिम सहभागी हुनेछन् ।

    प्रतियोगितामा विजेतालाई महिला र पुरुषको लागि समान ९० उपाधि व्यवस्था गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार