Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेइजिङ ओलम्पिकः तिब्बतीयनमाथि चीनको कडा निगरानी


    बिहिबार, पुष १५ २०७८
    450
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । बेइजिङ ओलम्पिकको पूर्वसन्ध्यामा चिनियाँ अधिकारीहरुले तिब्बतीयनमाथिको यात्रा प्रतिबन्ध झन कडा पारेका छन् । क्षेत्रीय राजधानी ल्हासामा प्रहरीको उपस्थिति बाक्लो पारिएको छ । सो क्षेत्रमा सुरक्षा सतर्कता कडा पारेर चीनले तिब्बतीयनको  गतिविधि सीमित पार्दै लगेको छ । 

    गत सोमबार चीनको सूचना सेवाले ओलम्पिक खेलमा सहभागी हुन जानेलाई निगरानी गरिने जनाएको थियो । ल्हासाबाहेक सिगात्से, चामदो, ड्रागो, नग्बा र रेबकोङमा पनि सुरक्षा व्यवस्था कडा पारिएको प्राप्त विवरणहरुमा जनाइएको छ । ल्हासामा प्रहरी र सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ ।

    त्यहाँ आउने व्यक्तिहरुमाथि कडा निगरानी र सोधपुछ गरिएको छ । प्रहरीले होटेल, रेस्टुरेन्ट र पसलहरुमा पनि खानतलासी गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार