Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओमिक्रोनलाई निस्क्रिय पार्ने एन्टीबडी पत्ता लागेको वैज्ञानिकहरुको दाबी


    बिहिबार, पुष १५ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम विश्वभर बढिरहेको छ । जोखिम बढिरहेका बेला वैज्ञानिकहरुले नयाँ भेरियन्टलाई तटस्थ पार्ने एन्टिबडी पत्ता लागेको बताएका छन् । यो सँगै नयाँ भेरियन्ट नियन्त्रणमा वैज्ञानिकहरुमा केही आशा पलाएको छ ।

    पत्ता लागेको भनिएको एन्टिबडीले भाइरस उत्परिवर्तन भइसकेपछि पनि परिवर्तन नहुने भाइरसको संरचनाको क्ष्ोत्रलाई निशाना बनाउनेछ ।  

    विकसित एन्टिबडीले अहिले विश्वभर त्रास फैलाइरहेको ओम्रिोनबाहेक भविष्यमा उत्पत्ति हुने नयाँ भेरियन्ट नियन्त्रणमा पनि उपयोगी हुने युनिभर्सिटी अफ वासिंगटन स्कुल अफ मेडिसियनका प्राध्यापक डेभिड भेस्लर बताउँछन् ।

    नयाँ एन्टिबडीबारे गरिएको अध्ययन जर्नल नेचरमा प्रकाशित छ । अध्ययनले खोप निर्माण गर्न र एन्टिबडी उपचारमा सहयोग गर्ने वैज्ञानिकहरुले विश्वास गरेका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार