Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • इंग्लिस प्रिमियर लिग: चेल्सी रोकियो, म्यानचेस्टर सिटीलाई आठ अंकको अग्रता


    बिहिबार, पुष १५ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा आठ अंकको अग्रता बनाएको छ   ।

    बुधबार राति भ्रमणकारी टोली सिटीका लागि  फिल फोडेनले १६ मिनेटमा  निर्णायक गोल गरेपछि सिटीले १६ औं जित निकालेको हो । खेलको ८८ मिनेटमा सिटीका लोपार्टोले गोल गरेपनी भारले त्यसलाई मान्यता दिएन ।

    गय राति नै भएको खेलमा चेल्सी ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । 

    रोमेलु लुकाकुले २८ मिनेटमा गोल गर्दै अग्रता बनाएपनी ब्राइटनका ड्यानी वेलब्याकले खेलको इन्जुरी समयमा गोल गर्दै हार टारे । 

    जितसँगै सिटीले २० खेलबाट ५० अंक बनाएको छ ।  दोस्रो स्थानको चेल्सीको समान खेलबाट ४२ अंक छ । एक खेल कम खेलेको लिभरपुल ४१ अंकसहित तेस्रो स्थानमा छ  ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार