Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि जेल चलान गर्न अदालतको आदेश


    बुधबार, पुष १४ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउ अदालतले आदेश दिएको छ । 

    जिल्ला अदालत काठमाडौंले संगठित ठगीको आरोपमा पक्राउ परेका तामाङलाई बुधबार जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश दिएको हो । 

    उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश जारी भएको जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए । 

    न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको हो । 

    उनीसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सरकारी वलिक कार्यालयले संगठित ठगीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । 

    सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको रकम नतिरेपछि इच्छाराजविरुद्ध पीडितले सीआईबीमा उजुरी दिएका थिए। पीडितको उजुरीका आधारमा सुरुमा सीआईबीले इच्छाराजसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

    उनीहरूसँग पाँच अर्ब ६३ करोड बिगो माग गरी मुद्दा दायर गरिएको थियो । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार