Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुगुमा हिमपातले सडक र हवाई सेवा अवरुद्ध


    बुधबार, पुष १४ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु । मुगुमा मंगलबार रातिदेखि परेको हिमपातले जनजीवन प्रभावित पार्नुका साथै सडक र हवाई सेवा अवरुद्ध भएको छ । लगातार परेको बाक्लो हिमपातले सडक र हवाई यातायात अवरुद्ध भएको हो ।  

    हिमपातले हवाई सेवा अवरुद्ध भएपछि रारा विमानस्थल मुगुदेखि नेपालगञ्जसम्म जाने र नेपालगञ्जदेखि मुगु आउने यात्रुहरु ताल्चा र रारा विमानस्थलका होटलमा भरिभराउ भएका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले बताए । 

    मुगु र जुम्लाको सिमानामा पर्ने घुच्ची लेकमा बाक्लो रुपमा हिमपात हुँदा बीच बाटोमै सवारी साधन रोकिएका छन् । रोकायाका अनुसार अहिले लगातार रुपमा हिमपात भइरहेको छ ।

    सबैभन्दा बढी मुगुम कार्मारोङ गाँउपालिका, खत्याड र रारा क्षेत्रका साथै  रारा विमानस्थलमा बाक्लो हिमपात भइरहेको रोकायाले बताए । मुगुमा तापक्रम माइनस ३ डिग्रीमा झरेको 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार