Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुन खानीमा पुरिएर ३८ जनाको मृत्यु, दर्जनाैं वेपत्ता


    बुधबार, पुष १४ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । सुडानमा एउटा सुन खानी भत्किँदा कम्तिमा ३८ जना मानिसहरुको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रस्थित कोर्डोफान प्रान्तमा रहेको पुरानो सुनखानी भत्किँदा अन्य केही व्यक्ति हराइरहेका छन् । 

    सुडानको खनिज स्रोत साधन कम्पनीका प्रवक्ता इस्मेइल टिसोयुले खानीमा केही मानिस पुरिएको हुन सक्ने आशंका गरेका छन् । सुडानकाे राजधानी खार्तुमबाट ७०० किलोमिटर दक्षिणको फुजा गाउँमा रहको सो सुन खानीमा पुरिएर ८ जना घाईते भएका छन् ।

    पुरिएका व्यक्तिको खोजी र उद्दारमा प्रहरीसँगै स्थानीय पनि खटिएका छन् । कम्पनीले सार्वजनिक गरेको एउटा तस्बीरमा खानीमा पुरिएका व्यक्तिको अन्त्यष्टिको लागि स्थानीयले चिहान खडा गरेका छन् । 

    खानी भत्किएको विषयमा प्रहरीले थप अनुसन्धान गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार