काठमाडौं । पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको छ । वर्षासँगै बुधबार बिहानैदेखि चन्द्रागिरमा हिमपात सुरु भएको हो ।
चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ । चन्द्रागिरि क्षेत्र हिउँले सेताम्य छ ।






