Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैतडीमा याे वर्ष पहिलाे पटक हिमपात, गहुँबाली सप्रिने आशा


    बुधबार, पुष १४ २०७८
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सीपी लोहिया 

    बैतडी । बैतडीका उच्च लेकाली भेगमा भारी हिमपात भएको छ । पाटन नगरपालिकाको खोड्पे, अनारखोली, सुर्नया गाउँपालिकाको ढोल्यामोड, श्रीभाबर, सतबाँझ, बाँजपानी, सिगास गाउँपालिकाको गर्जे, बुरुसे, चौखाम लगायतका ठाउँमा मंगलबार राति देखि हिमपात भइरहेको हाे । 
    हिमपात अहिले पनि जारी छ । 

    हिउँ पर्न थालेसँगै चिसो बढेकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाएका हुन् ।

    वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । यो वर्ष समयमै हिउँ परेकाले गहुँ बाली सप्रिने आशा पलाएकाे पाटन नगरपालिका-९ का किसान नरबहादुर भण्डारीले बताए ।

    बैतडीमा यो वर्ष पहिलो पटक हिमपात भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार