Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्रकले कारलाई ठक्कर दिँदा बैंक म्यानेजरको मृत्यु, दुई जना घाइते


    बुधबार, पुष १४ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका- १ पिपराका अनुराग पाण्डेकाे दुर्घटनामा ज्यान गएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिए । उनी साइन रेसुङ्गा बैंक जितपुर शाखाका म्यानेजरसमेत थिए ।

    बा ६ ४ ३३८७ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएकाे हाे । मंगलबार राति भएकाे दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते रहेका छन् ।

    पाण्डे कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष समेत हुन् ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार