Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुम्लामा हिमपात, चिसोबाट बच्न प्रशासनको आग्रह


    बुधबार, पुष १४ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दिलमाया शाही 

    जुम्ला । जुम्लामा मंगलबार रातिबाट हिमपात भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ।  जुम्ला प्रशासनले  चिसाेबाट बच्न न्यानाे भएर बस्न आग्रह गरेको छ ।

     जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान,अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएकाे प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताइन् ।

    2.jpg

    ‘बालबालिका र बृद्धबृद्धालाई  न्यानो तथा  शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध   गरिएकाे छ,’ उनले भनिन् ।

    प्रशासनले  कुनै घटना भएमा तत्काल नजिकैको प्रहरी चौकीमा  खबर गर्न पनि भनेकाे छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार