Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व इतिहासमा आजः ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध समाप्तदेखि मंगोलिया स्वतन्त्र


    बुधबार, पुष १४ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • आज २९ डिसेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

    ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध समाप्त

    सन् १९९६ मा ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध समाप्त भएको थियो । राष्ट्रसंघको अुगमनमा ग्वाटेमालाको नेसनल रिभोलुसनरी युनिटीका कमान्डर रोलान्डो मोरान र राष्ट्रपति अलभारो अर्जुले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि  आदिवाशी जनजाती तथा गरीब वर्ग र सरकार पक्षबीच भएको साढे तीन दशक लामो गृहयुद्ध । देशमा शान्ति स्थापनामा महत्वपूर्ण भूमिकामा रहेको भन्दै मोरान र अर्जुलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

    आयरल्यान्डको स्थापनाः

    राष्ट्रिय जनमत संग्रहमार्फत स्थापित नयाँ संविधानले आइरिस फ्रि स्टेटलाई नयाँ नाम दिएर सन् १९३७ मा आयरल्यान्ड स्थापना गरिएको थियो । यसअघि आइरिस फ्रि स्टेट ब्रिटीश कमनवेल्थको अभिन्न अंग थियो । सन् १९२१ मा हस्ताक्ष्र गरिएको एंग्लो आइरिस ट्रिटीअन्तर्गत आइरिस फ्रि स्टेट स्थापना गरिएको थियो ।

    मंगोलिया स्वतन्त्र

    सन् १९११ मा मंगोलिया स्वतन्त्र भएको थियो । सन् १९११ को मंगोलिया क्रान्तिपछि भूपरिवेष्ठित उत्तरपूर्वी एशियाली देश मंगोलिया किङ वंशबाट स्वतन्त्र भएको थियो । मंगोलियामा २०० वर्षसम्म किङ वंशले शासन चलाएको थियो ।

    वन्डेड नि क्रिकमा नरसंहार

    सन् १९९० को २९ डिसेम्बरमा अमेरिकी सेनाको सातौ घोडाचढी फौजले लाकोटा जातिका मानिसहरुलाई निशस्त्र पार्ने कोशिस गरेको थियो । लाकोटाले वन्डेड नि क्रिकमा क्याम्प खडा गरेर बसेका थिए । निशस्त्र पार्ने क्रममा गोली चल्दा महिला र बालबालिकासहित सो जातिका १५० सदस्यहरुको मृत्यु भएको थियो । तर, सो क्षेत्रमा मृत्यु हुनेको संख्या यो भन्दा धेरै रहेको इतिहासकारहरुको विश्वास छ । वन्डेड नि क्षेत्र अहिलेको दक्षिण डाकोटा राज्यमा पर्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार