Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हट्यो सिरहामा निषेधाज्ञा


    मंगलबार, पुष १३ २०७८
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा ।  जिल्ला प्रशासन कार्यालय सिरहाले पूर्व-पश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडकखण्डमा दुई दिनका लागि जारी गरेको निषेधाज्ञा मंगलबार साँझबाट हटाएको छ । मंगलबार अपराह्न एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा हटाएको जनाएको हो ।

    सिरहाका ६ राजनीतिक दलसहितको सर्वदलीय बैठकले पक्राउ परेकाहरुलाई रिहाइ र निषेधाज्ञा फिर्ता लिई शान्तिपूर्ण रुपमा निकास खोज्न आग्रह गरेपछि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । 

    निषेधाज्ञा हटाइएको  छ भने पक्राउ परेका जनमत पार्टीका १८ कार्यकर्तालाई रिहाइ गरिएको छ । यसअघि मंगलबार नै जिल्लामा क्रियाशिल कांग्रेस, एमाले, नेकपा एस, लोसपा, जसपा, माओवादी केन्द्रले आजै एक संयुक्त विज्ञप्ति जारी गर्दै शन्तिपूर्ण रुपमा निकास खोजी गर्न माग गरेका थिए । 

    उनीहरुले पक्राउ परेकालाई छाड्न र आन्दोलनको माग फिर्ता लिन आग्रह गरेका थिए । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार