काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागरिकता दिने प्रस्ताव बहुमतले पारित भएको छ । समितिको आइतबार बसेको बैठकले उक्त प्रस्तावसहित नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित गरेर संसदमा पठाउने निर्णय गरेको छ । समितिले पारित गरेको उक्त प्रस्तावमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले फरक मत राखेका छन् । कांग्रेस र जसपा विवाह गर्नासाथ नागरिकता पाउनुपर्ने पक्षमा छन् ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको शनिबार बसेको सचिवालय बैठकले वैवाहिक अंगीकृतलाई ७ बर्षपनि मात्र नागरिकता दिने निर्णय गरेको थियो । पार्टीको सोही निर्णयका आधारमा समितिमा रहेका नेकपा सांसदहरूले सात वर्षको प्रस्तावको पक्षमा मत जाहेर गरेका हु्न् ।
कांग्रेस र जसपाका सांसदहरूले भने नागरिकता सम्बन्धी ऐन २०६३ को प्रावधान अहिले पनि कायम हुनुपर्ने पक्षमा आफ्नो फरक मत राखेका छन् । नागरिकता सम्बन्धी ऐन २०६३ मा विवाह गरेर आएकी महिलाले नेपाली नागरिकता लिन चाहे पहिलाको नागरिकता त्याग्ने प्रक्रिया चालेसँगै नेपाली नागरिकता पाउने उल्लेख छ । तर भारतमा भने विदेशी महिलाको हकमा विवाह गरेको ७ बर्षमा मात्र नागरिकता पाउनसक्ने कानुनी ब्यवस्था छ । नागरिकताको सवालमा २०६३ को ऐन खुकुलो थियो ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend