Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एभीसी सेन्ट्रल जोनः पुरुष टोली पदकविहीन


    मंगलबार, पुष १३ २०७८
    550
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएसँगै नेपाली पुरुष भलिबल टोली एभीसी सेन्ट्रल एसियन पुरुष तथा महिला च्यालेन्ज कपमा पदकविहीन भएको छ ।  

    बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कभर्ड हलमा नेपालमाथि उज्वेकिस्तानले २५-१५, २५-१७ र २५-२१ को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो । यसअघि समूह चरणको खेलमा नेपालले उज्वकिस्तानलाई १८-२५, २५-२१, २५-२१ र २५-२३ को सेटमा पराजित गरेको थियो । जसको बदला उज्वेकिस्तानले सोझो सेटमा हराउँदै लिएको छ ।

    पाँच वर्षअघि माल्दिभ्समा भएको यही प्रतियोगितामा नेपालले काँस्य पदक जितेको थियो । त्यो नेपाली पुरुष भलिबल टोलीले जितेको पहिलो पदक हो । राउन्ड रोविन पद्धतिमा भएको प्रतियोगितामा श्रीलंका र बंगलादेशसँग  पराजित नेपाल उज्वेकिस्तान र माल्दिभ्सलाई हराउँदै काँस्य पदकका लागि प्रतिस्पर्धा गरेको थियो । 

    यता, पुरुष टोली पदकविहीन हुँदा महिला टोलीले भने मंगलबार नै उज्वेकिस्तानलाई ३-२ सेटले हराउँदै च्याम्पियनसिपमा लगातार दोस्रो पटक उपाधि हात पारेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार